उदयपुर । नेपाल आर्मी रण शार्दुल गण बोक्से उदयपुरका ५ आर्मी सहित ८ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । रण शार्दुल गण बोक्सेमा कार्यरत ५ जना आर्मीमा ज्वरो आएपछि स्वास्थय कार्यालय उदयपुरले स्वाब लिएको थियो ।

संक्रमित हुनेमा ३७, ३६, ३४, ३१, २४, २८,२३, ५४ वर्षिय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी दिए । संक्रमितहरु मध्ये ५ जना नेपाल आर्मी हुन, एक जना देउरी प्राथमिक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र दुई जना कटारी नगरपालिकाका सर्वसाधारण हुन् ।

तपाईको प्रतिक्रिया