उदयपुर । उदयपुर कटारी नगरपालिका एक १४ वर्षिय कोरोना संक्रमित बालकको उपचारको क्रममा मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको हो ।
१२ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका १४ वर्षीय बालक प्रतिष्ठानको कोभिड अस्पतालमा १६ कात्तिकमा भर्ना भएका थिए । उनको शुक्रबार बिहान ९ः५० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरन्जिवी निरौलाले बताए ।
क्षयरोग तथा प्लीउरल इफ्यूजनसम्बन्धी रोगबाट समेत ग्रसित रहेका थिए । फोक्सोमा समेत पानी जमेका बालक लामो समयदेखि नोवेल मेडिकल कलेज विराटनगरमा उपचाररत रहेका थिए ।
शवको व्यवस्थापन नियमानुसार सेनाले गरेको छ ।









