उदयपुर । उदयपुरमा गाँजासहित एक जना पक्राउ परेको छ । उदयपुरगढी गाउँपालिका–७ बाट गाँजासहित दिलबहादुर राई पक्राउ परेको हो ।
विशेष सुचनाको आधारमा प्रहरी चौकी नेपालटारबाट खटिएका प्रहरी टोलीले विक्री गर्दै गर्दाको अवस्थामा स्थानीय ६२ वर्षीय राईलाई पक्राउ गरिएको हो । पक्राउ परेको राईको साथबाट चार सय २५ ग्राम गाँजा र १३ हजार सात सय नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया