काठमाडौँ । रिपब्लिक टिभिका प्रधान सम्पादक अर्नब गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले बुधबार विहानै पक्राउ गरेको हो ।

सन् २०१८ मा गोस्वामीसहित दुई जनाविरुद्ध आत्महत्या गर्न बाध्य पारेको भन्दै मुद्दा दर्ता गरिएको थियो ।

मुम्बई प्रहरीले गोस्वामीलाई ५३ वर्षका एक इन्टीरियर डिजाइनरको आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि गिरफ्तार गरेको बताइएको छ । अर्नबको गिरफ्तारी प्रकरण एक एक मराठी इन्टीरियर डिजानइर अन्वय नाइकको कथित आत्महत्यासँग जोडिएको बताइएको छ।२०१८ को मे महिनामा कथित आत्महत्या भन्दा पहिले उनले लेखेको एक पत्रमा अर्नब गोस्वामीले रिपब्लिक नेटवर्कको स्टूडियोको इन्टीरियर डिजाइन गराइसकेपछि भुक्तानी नदिएको आरोप लगाइएको छ।

तपाईको प्रतिक्रिया