उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ५ देउरी स्वास्थ्य चौकीमा कार्यरत ३४ वर्षिय अनमीमा संक्रमण देखिएपछि स्वास्थ्य कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको छ ।

गत असोज १७ गते कोरोना संक्रमण पुष्टी भएका बेलका नगरपालिका रामपुर स्वास्थ्य चौकीमा कार्यरत ४० वर्षिय अहेवकाका श्रीमति हुन् । श्रीमतिसँगै उनका ५ वर्षिय छोरी पनि संक्रमण पुष्टी भएको छ ।

अनमीमा कोरोना संक्रमण पुष्टी भएपछि बाँकी कर्मचारीको कोरोना परीक्षण नभएसम्मका लागि सवै सेवा स्थगन गरिएको त्रियुगा नगरपालिका ५ का वडाध्यक्ष उद्धव कुमार थापाले जानकारी दिए ।

यस्तै चौदण्डीगढी नगरपालिका २ का २५ वर्षिय वडासचिवलाई नै कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान हुने कामकाजहरु सबै बन्द गरिएको छ ।

उनलाई बुधवार साँझ कोशी अस्पताल विराटनगरको प्रयोगशालाले कोरोना संक्रमण पुष्टी गरेपछि विहिबारबाट सम्पूर्ण सेवा बन्द गरिएको वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए । सचिवलाई नै संक्रमण देखिएपछि कार्यालयको सवै सेवाहरु अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको वडाध्यक्ष सुवेदीले जानकारी दिए ।

वडा सचिवलाई कहाँबाट संक्रमण फैलिएको बारे कुनै कन्ट्राक्ट ट्रेसिङमा परेका छैनन् ।

तपाईको प्रतिक्रिया