उदयपुर । सिद्धिचरण राजमार्ग अन्तर्गत उदयपुरको कटारी-बेतिनी सडक खण्ड कटारी नगरपालिका ८ सिरिसे स्थित सानो दमारमा कन्टेनर (डब्ब) अनियन्त्रित भई दुर्घटना भएको थियो । बुधबार साँझ ओखलढुंगाबाट कटारी तर्फ आउँदै गरेको ना ५ ख ९४२४ नम्बरको कन्टेनर दुर्घटनामा भएको थियो । कन्टेनर ७ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा कटारी नगरपालिका ८ बस्ने ४५ वर्षिय मिन राना मगर र गोलबजार नगरपालिकाका अन्दाजी २२ वर्षिय राकेश कुमार यादव रहेका छन् । भौगोलिक कठिनाईले राकेशको शव ठूलो ढुंगाले थिचिएर राति करिव २ बजेमात्रै निकाल्न सफल भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जनाएको छ । विहिबार विहान मात्रै शव पोष्ट मार्टमको लागि कटारी अस्पताल ल्याएको डिएसपी गौतमले जानकारी दिए ।
यस्तै कन्टेनर सहचालक झापा दमक बस्ने अन्दाजी ३४ वर्षिय योगेन्द्र दाहाल र चालक सुनसरी बराहा बस्ने ३३ वर्षिय विजय भुजेल गम्भिर घाइते भएका छन् । उनीहरुको कटारी अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागि न्यूरो हस्पिटल बिराटनगर रेफर गरिएको कटारी अस्पतालले जनाएको छ । टाउकोमा चोट लागेकोले घाइतेलाई रेफर गरिएको कटारी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजकुमार गजमेरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया