बुटवल । नेपाली काँग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न काँग्रेस संसदीय दलले ह्विप लगाएको नेपाली काँग्रेसकी सचेतक निमला क्षेत्रीले रातोापाटीलाई बताइन् । उनले सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय भएको तर नामका बारेमा भने काँग्रेसको असहमति नरहेको खुलाइन् ।
नेपाली काँग्रेसद्वारा दाङको विपक्षमा मतदान गर्न सांसदलाई ह्विप जारी, उल्लङ्घन हुने सम्भावना
काँग्रेसले निर्णय गरेपनि काँग्रेसका केही सांसदहरुले ह्विप उल्लंघन गरेर मतदान गर्ने सम्भावना रहेको नेपाली काँग्रेस दाङका एक सांसदले रातोपाटीलाई बताए । प्रदेशमा नेपाली काँग्रेसका १९ जना सांसद रहेका छन् । यसमध्ये राप्ती र भेरी अञ्चलका ६ जना रहेका छन् । उनीहरु दाङकै पक्षमा मतदान गर्ने तयारी गरेको ती सांसदले बताए ।









