उदयपुर । उदयपुरमा लागूऔषध छोडी फरार रहेका प्रतिवादी आइतबार करिव ४ः३० बजे पक्राउ परेको छ । कटारी नगरपालिका २ कल्याणपुर बस्ने २५ वर्षिय पुन्टे भन्ने राजकुमार कुमर (दनुवार)लाई ददरिया खहरे खोला बगरमा फेला परि नियन्यणमा लिइएको हो ।
गत साउन २८ गते बेलुका अन्दाजी ६ बजेको समयमा कटारी नगरपालिका २ सिमानपुर स्थित ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी गस्ति टोलीले चेक जाँच गर्ने क्रममा बोकेको झोला छोडी भागेका थिए ।
झोला खोली हेर्दा लागूऔषध डाईलेक्स डि.सि. १० बोत्तल बरामद भएको र वारदात मितिबाटै तत्काल फरार भएका थिए । पक्राउ परेकालाई आवश्यक कानूनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ ।









