उदयपुर । उदयपुरमा काठ सहित चिप्लिएर लड्दा एक युवकको मृत्यु भएको छ । बेलका नगरपालिका–२ गिदेरी टोल निबासी १८ बर्षीय प्रेम कार्कीको लडेर मृत्यु भएको हो ।
आइतबार दिउसो साढे १२ बजे सप्तकोशी सामुदायिक बनबाट घर बनाउनका लागि काठको बलो काँधमा बोकेर फर्कने क्रममा एक्कासी चिप्लिएर लड्दा बलोले कन्चडमा थिचिदा कार्कीको घटनास्थालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।









