सुनसरी । सुनसरी भोक्राहा नरसिंह ४ स्थित चिरौली नहर एरियाबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि स्थानका २० बर्षीय जमाल अंसारी र २२ बर्षीय प्रविण कुमार उराव रहेका छन ।
विशेष सुराकीको आधारमा शनिबार अपरान्ह ५ बजे उनिहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा डाइलेक्स डिसी एक सय ७ बोतल, स्पास्मो प्रोक्सीभोन प्लस ६ सय ९६ क्याप्सुल र निट्रा भेट ३ सय ट्याब्लेट फेला पारी बरामद गरिएको हो ।
लागुऔषध सहित पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

तपाईको प्रतिक्रिया