उदयपुर । यो समाज कता जाँदैछ । पछिल्लो समयमा उदयपुरमा बलात्कारको अवस्था निकै भयाभह देखिएको छ । किन दिन दिनै महिला तथा बालिका बलात्कृत हुँदै आएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा विहिबार एक ७ बर्षिय बालिका बलात्कृत भएका थिए ।
झापा जिल्ला बिर्तामोड नगरपालिका वडा नम्बर ६ घर भई हाल उदयपुर चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ३५ को किरण राई पक्राउ परेको छ । एक ७ वर्षिय नाबालिकालाई ललाई फकाई आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको आरोपमा राई पक्राउ परेका हुन् ।
पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय बेल्टारमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।









