उदयपुर । नेपाल लोकस्टार सेकेण्ड रनरअप “बिनोद दनुवार”को अर्को गीत ‘माया कहिले पुरानो हुदैन’ युटुवमा सार्वजनिक भएको छ । मोडेल “शसिकला राई” र बिनोद दनुवारको आवाजमा रहेको ‘माया कहिले पुरानो हुदैन’ बोलको गीत सार्बजनिक भएको हो । शब्द-लय-स्वर विनोद दनुवारकै यो गीत “बिनोद दनुवार अफिसियल” युट्युब च्यानलबाट सहजै हेर्न सकिने छ ।
पारीबारिक माया र बाध्यात्मक परिबेश अनि बिछोडको बियोगलाई छर्लङ्ग देखाउन खोजिएको यो गितमा सुन्दरी मोडल तथा गायिका “शसिकला राई” को साथ गायक आफै पनि अभिनयमा छन्। भिडियोलाई आशिष राईले निर्देशन गरेका हुन भने सम्पादन र छायांकन मनोज राईको रहेको छ साथमा दुर्गा बान्तावा राईले समेत साथ दिएका छन।

लोक स्टार पछि “गाईघाट बजार, आमाको माया, दुई एकान दुई, म हु गोर्खाली लाहुरे, बाचा कसम जस्ता गीतहरु बजार आईसकेको बिनोद दनुवारले बताए ।

तपाईको प्रतिक्रिया