अदालतका तहसिलदार राजकुमार आचार्यका अनुसार गत जेठ १८ गते घरमै रहेकी बालिकालाई बिभिन्न प्रलोभन देखाई स्थानीय धमिनी गाउँ लगेर बलात्कार गरेको आरोपमा दनुवार पक्राउ परेका थिए।
पीडितका अभिभावकले दिएको उजुरीका आधामार दनुवारलाई इलाका प्रहरी कार्यालय कटारीले जेठ २० गते पक्राउ गरेको थियो। सोही दिन कटारी अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गर्दा उनी बलात्कृत भएको प्रमाणित भएको थियो।
प्रहरी कारबाही र अनुसन्धानपछि दनुवारलाई अदालतले पुर्पक्षका लागि असार १० गते थुनामा राख्ने आदेश दिएको थियो। त्यस्तै महिलामाथिको बलात्कारका अर्का अभियुक्त उदयपुरगढी गाउँपालिका १ तावाश्रीका ४५ वर्षीय लोकबहादुर घतानीलाई ११ वर्ष कैद र ५० हजार क्षतिपूर्ति भराउने फैसला भएको छ। बिहीबार बसेको न्यायाधीश खनालकै इजालसले ४८ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका घतानीलाई उक्त सजायको फैसला सुनाएको हो।
अदालतले फरार आरोपितलाई पटक–पटक उपस्थित हुन पत्रचार गर्दासमेत नआएपछि कसुरदार ठहर गर्दै यस्तो फैसला सुनाएको हो।
उनीसँगै अभियोगमा मुछिएका अर्का अभियुक्त ताप्ली गाउँपालिका ५ का ४५ वर्षीय भागिराम परियारलाई भने यसअघि ०७५ वैशाख ५ गते नै १० वर्ष कैद सजायको फैसला सुनाइएको तहसिलदार आचार्यले बताए। उनका अनुसार क्षतिपुर्तिको हकमा भने आर्थिकरुपमा विपन्न परि।वारका परियारबाट असुलउपर गर्न नसकिने देखिएपछि कैद मात्र तोकिएको थियो।
उनीबाट जरिवानावापत भराउनुपर्ने ३० हजार रुपैंया महिला तथा बालबालिका कार्यालयबाट पीडितलाई भराउने आदेश अदाललते दिएको छ।
अभियुक्तद्वयले ०७३ पुस १४ गते सामुहिक महिलामाथि बलात्कार गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कटारीले कारबाही अघि बढाएको थियो। पुस २० गते पीडितको तर्फबाट परेको उजुरी अनुसार कारबाही अघि बढे पनि घतानी भने घट्नालगत्तै फरार रहेका थिए।









