उदयपुर । उदयपुरका ठूलो परिमाणमा लागूऔषध सहित बुधबार एक महिला सहित ८ जना पक्राउ परेको छ । अबैध लागू औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत त्रियुगा नगरपालिका २ जोगिदहबाट ६ जना र सोही नपा ६ लालपत्ताबाट २ जना गरी ८ जना २८५ एम्पुल लागूऔषध सहित पक्राउ परेको पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । 
उनीहरुको साथबाट फेनारगन ९५ एम्पुल, डाईजोपाम ९५ एम्पुल र लुपिजेसिक ९५ एम्पुल समेत गरी कुल २८५ एम्पुल लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्रकार सम्मेलन गरी एसपी भिमबहादुर दाहालले जानकारी दिए ।
फत्तेपुरबाट गाईघाट तर्फ आउँदै गरेको स १ प ३२२४ नम्बरको मोटर साइकलमा लागूऔषध ल्याई बिक्री बितरण भईरहेको सूचनाका आधारमा जोगिदहबाट त्रियुगा नगरपालिका १२ का १९ वर्षिय रजामुदिन अन्सारी, २४ वर्षिय दिलिप घिमिरे, २० वर्षिय मिलन बिश्वकर्मा, २२ वर्षिय शिब अधिकारी, अर्का २२ वर्षिय बिशाल मगर र २० वर्षिय सागर पौडेल रहेका छन् ।
उनीहरुको साथबाट लागूऔषध फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल र लुपिजेसिक ३५ एम्पुल समेत गरी कुल १०५ एम्पुल बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरुको साथबाट मोबाइल ३ थान समेत बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
यस्तै भारतबाट उदयपुर तर्फ ल्याईरहेको अबस्थामा त्रियुगा नगरपालिका ६ लालपत्ताबाट सप्तरी अग्नी साइर कृष्णसबरम गाउँपालिका १ बस्ने ३१ वर्षिय पिके भन्ने प्रवेश मिया र निजको श्रीमति २६ वर्षिय हजारुम खातुन पक्राउ परेको छ । उनीहरुको साथबाट फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल समेत गरी कुल १८० एम्पुल लागूऔषध बरामद गरिएको एसपी दाहालले बताए । उनीहरुको साथबाट २ थान मोवाईल समेत बरामद गरिएको प्रहरीले जनउदयपुर । उदयपुरका ठूलो परिमाणमा लागूऔषध सहित बुधबार ८ जना पक्राउ परेको छ । उनीहरुको साथबाट फेनारगन ९५ एम्पुल, डाईजोपाम ९५ एम्पुल र लुपिजेसिक ९५ एम्पुल समेत गरी कुल २८५ एम्पुल लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्रकार सम्मेलन गरी एसपी भिमबहादुर दाहालले जानकारी दिए ।
अबैध लागू औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत त्रियुगा नगरपालिका २ जोगिदहबाट ६ जना र सोही नपा ६ लालपत्ताबाट २ जना पक्राउ परेको एसपी दाहालले जानकारी दिए ।
फत्तेपुरबाट गाईघाट तर्फ आउँदै गरेको स १ प ३२२४ नम्बरको मोटर साइकलमा लागूऔषध ल्याई बिक्री बितरण भईरहेको सूचनाका आधारमा जोगिदहबाट त्रियुगा नगरपालिका १२ का १९ वर्षिय रजामुदिन अन्सारी, २४ वर्षिय दिलिप घिमिरे, २० वर्षिय मिलन बिश्वकर्मा, २२ वर्षिय शिब अधिकारी, अर्का २२ वर्षिय बिशाल मगर र २० वर्षिय सागर पौडेल रहेका छन् ।
उनीहरुको साथबाट लागूऔषध फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल र लुपिजेसिक ३५ एम्पुल समेत गरी कुल १०५ एम्पुल बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरुको साथबाट मोबाइल ३ थान समेत बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
यस्तै भारतबाट उदयपुर तर्फ ल्याईरहेको अबस्थामा त्रियुगा नगरपालिका ६ लालपत्ताबाट सप्तरी अग्नी साइर कृष्णसबरम गाउँपालिका १ बस्ने ३१ वर्षिय पिके भन्ने प्रवेश मिया र निजको श्रीमति २६ वर्षिय हजारुम खातुन पक्राउ परेको छ । उनीहरुको साथबाट फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल समेत गरी कुल १८० एम्पुल लागूऔषध बरामद गरिएको एसपी दाहालले बताए । उनीहरुको साथबाट २ थान मोवाईल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
जोगिदहबाट पक्राउ परेकाहरुलाई अनुसन्धानको क्रममा श्रीमान श्रीमतिलाई पक्राउ गर्न सफल भएको हो । श्रीमान श्रीमति भारतबाट लागूऔषध ल्याएर उदयपुरमा विक्री वितरण गर्ने गरेको खुल्न आएपछि उनीहरु पक्राउ परेको हो । श्रीमान ग्राहक खोज्ने र श्रीमतिले ग्राहकलाई लागूऔषध बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । श्रीमान श्रीमति लामो समयदेखि लागूऔषध कारोबार गर्दै आएको ुखुल्न आएको छ । उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
पक्राउ परेका मध्ये ३ जना पटकेमा परेका छन् । पटकेमा पर्नेहरुमा रजामुदिन अन्सारी २०७३ चैत्र ३० गते लागूऔषध मुद्धामा कारबाही परेका युवक हुन । यस्तै दिलिप घिमिरे २०७५ कार्तिक ८ गते केही सार्वजनिक अपराध मुद्धा र २०७६ साउन २ गते लागूऔषध मुद्धामा कारबाही परेका युवक हुन् । यसका साथै बिशाल मगर पनि २०७२ माघ १४ गते केही सार्वजनिक अपराध र २०७५ भदौ ५ गते चोरी मुद्दामा कार्वाहीमा परेका युवक हुन् ।









