सुखिलाल चौधरी, उदयपुर । सुनसरी कोशी गाउँपालिका ७ हरिपुर चोकमा गत मंसिर १५ शनिबार राति १२ः२० बजेको समयमा ट्रक र एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा उदयपुर त्रियुगा नगरपालिका १० का एकै परिवारका ६ जना र चालक सहित ६ जनाको घटना स्थलमै मृत्यु भएको थियो ।

विराटनगरको सुरक्षा अस्पतालबाट ८५ वर्षिय शिवमाया राईलाई उपचार गराएर उदयपुरको गाईघाट तर्फ आउँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई विपरित दिशाबाट गईरहेको ना २ ख ९०८२ नम्बरको ट्रकले ठक्कर दिँदा एम्बुलेन्सका चालक सहित ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा त्रियुगा नगरपालिका १० बस्ने ८५ वर्षिय शिवमाया राई, छोरा ५० वर्षिय तुलबहादुर, भतिज ३२ वर्षिय दिनेश, ज्वाई ६१ वर्षिय उद्धव र नातिहरु ३१ वर्षिय दुर्गाधन र २८ वर्षिय टेकेन्द्र राईको घटना स्थलमै मृत्यु भएको थियो । यस्तै त्रियुगा नगरपालिका ८ का एम्बुलेन्स चालक राजेश दनुवारको पनि सोही दुर्घटनामा मृत्यु भएको थियो ।

दुर्घटनामा परेका परिवारको अवस्था अहिले दयनिय छ । अटो रिक्सा चलाएर परिवार पाल्दै आएका मृतक दिनेशको मृत्यु भएपछि छोरा छोरीको लालन पालन २९ वर्षिय श्रीमति विना राईको काधमा आई लागिन । छोरा इमाहाङ १ वर्षका हुँदा बुवा वित्यो, ठूली छोरी पुजा ११ वर्ष, कान्छी छोरी एन्जल ४ वर्षकी छिन् ।

श्रीमान पनि रहेन भएको अटो पनि फाइनान्सले तानेर लग्यो, बुवाको तस्विर देखाउँदै विना राईका नाबालक छोराछोरी । तस्विर : नागरिक बहस

सम्पतिको नाममा घर अडिने जग्गा मात्रै रहेकी श्रीमानको मृत्यु पछि विनालाई परिवार चलाउन एकदमै मुस्किल परिरहेकी छिन् । ‘छोरा छोरीलाई पढाउन लेखाउन समस्या छदै छ, ट्रक व्यवसायीबाट पाउनु पर्ने क्षतिपूर्ति पाएको छुइन् । कसरी पेट पाल्नु ।’ भावुक हुँदै विनाले भनिन्, ‘आज खायो भोली कहाँबाट लिएर खाउँ भन्दै दिनहरु वित्ने गरेको छ, जग्गा जमिनको नाममा घरले ओगटेको बाहेक अरु केही छैनन् । जेनतेन परिवार पाल्नका लागि श्रीमानले अटो किस्तामा खरिद गरेका थिए । श्रीमानको देहान्त पछि भएको अटो पनि फाइन्सले तानेर लग्यो ।’ गुजारा चलाउने कुनै उपाय नै छैन् । त्यो दिनको घटनालाई सम्झिदै अहिले पनि भाव विहिल भईरहेकी छिन् ।

आफुहरुले पाउनु पर्ने रकम ट्रक व्यवसायीले नदिइएले पनि आफुहरुको अवस्था दयनिय बन्दै गएको उनले बताईन् । रकम असुल गरिदिने बारे सुनसरी जिल्ला प्रहरी कार्यालय पनि मौन रहेको बताईन् । विनाले भनिन, ‘ट्रक व्यवसायीबाट क्षतिपूर्ति दिलाई दिन जिल्ला प्रहरी कार्यालय सुनसरी पाँच पटक गईयो तर, प्रहरी प्रशासनले हाम्रो कुरै सुनुवाई नगरेको गुनासो गरिन्’

सोही घटनामा अर्का २४ वर्षिय लिला राई र टेकेन्द्र विच विवाह भएको ६ महिना नवित्दै टेकेन्द्र दुर्घटनामा ज्यान गुमाए । मृतककी श्रीमति लिलाले भनिन्, ‘छोरी गर्भमा बस्नु र छोरीको बावाको दुर्घटनामा देहान्त हुनु संयोग भनौ या वियोग ।’ छोरी निरुहाङ्ग अहिले ३ महिना पुगिन् । श्रीमानको छोरा छोरीलाई भविष्यमा डाक्टर नर्स बनाउने सपना पनि तुहिएर गयो ।

मृतक टेकेन्द्रकी श्रीमति लिला राई र ३ महिनाकी छोरी निरुहाङ्ग । तस्विर : नागरिक बहस

हजुरआमाको अवस्था सुधार भयो, हामी हजुरआमालाई विराटनगरबाट आउँदैछु भनेको मोवाईलको आवाज अहिले पनि कानमा गुन्जि रहेको छ तर, उहाँ कहिल्यै नफर्किने गरी हामीलाई छोडेर जानु भयो, आउनै भएन । सुख के हो, खुशी के हो सवै हराएको छ हाम्रो परिवारमा । लिलाले आँखा भरी आँशु पार्दै भनिन, ‘मेरो छोरी कत्ती अभागी रहिछ आफ्नो बाबालाई बाबा भनेर बोलाऊँन पनि पाइन, छोरीलाई बाबाको माया कस्तो हुन्छ सम्मको अनुभूति पाइन । बाबाले पनि छोरीलाई अंगालो हालेर छोरी सम्म भन्न पाउनु भएन । छोरीले बावाको माया पनि पाइन । मैले श्रीमानको साथ पाइन । श्रीमान श्रीमति विचको माया कस्तो हुन्छ भन्ने ६ महिना नपुग्दै दैवले टुटाइ दियो ।लिला मात्र होइन उनकै जेठानी दुर्गाधनकी श्रीमति २४ वर्षिय सृजना पनि बैवाहिक बन्धनमा बाँधिएको ४ वर्ष नपुग्दै वियोगान्तमा परिणत भयो । अहिले उनका छोरी ४ वर्ष पुगिन । उनले पनि श्रीमानको माया वर्षौसम्म पाउन सकिनन । उनीहरुको परिवारको पुर्खौली पेशा कृषी हुन् । सासुरा हजुरबुवा अर्थमान राई हिडडुल गर्न नसक्ने छन भने काका सासु ससुरा आपाङ्ग छन् । आफ्ना श्रीमान, देवर, सासुरा, हजुरआमा सासु दुर्घटनामा गुमाइन । घरमा काम गर्ने पुरुष कोही छैन् । घरमुलीकै मृत्यु भएपछि अहिले परिवार छिन्नभिन्न अवस्थामा पुगेका छन् । ‘कहाँ कसरी व्यवहार गर्ने भन्नेमा हामी आलाकाँचा बुहारीहरुलाई केही थाह छैन्’ सृजनाले भनिन् ।

यस्तै श्रीमति, एक छोरा, दुई नाति, ज्वाई र भतिज गुमाएको पीडाले ८६ वर्षिय अर्थमान राई राति बरबराउने, निन्द्रामै रुने हास्ने, कहिले काही मध्य राति नै उठेर गाउँ तिर बेहोसीमा जाने गरेको नातिनी बुहारी सृजनाले बताई ।

अर्का मृतक उद्धब राईको श्रीमती आशा राई त्यो बेलाको घटना सम्झदा पनि आफु पागल जस्तो हुने गरेको बताउछिन । गरीब भए पछि न्याय पाउन पनि गाह्रो हुदो रहेछ उनले भनिन ।’ कसैको जीवनमा पनि यस्तो घटना नहोस् ।मेरो सबै परिवार वित्यो यो उमेरमा आफ्ना सबैलाई गुमाए पछिको पीडा कस्तो होला अर्थमानले बोल्न नसकी नसकी हामीलाई भने ।
अर्थमानका आफन्त नवीन राईले दोषीलाई कारबाही गराउन र क्षेतिपूर्ति दिलाऊन सुनसरी जिल्ला प्रहरी कहाँ दशौ पटक गए तर प्रहरीले कुनै चासो नदेखाएको उनको गुनासो छ । अदालतबाट एम्बुलेन्स मालिक र ट्रक मालिकलाई प्रकाउ गर्न अदालतले पुर्जी जारी भए पनि प्रहरीले घटना घटेको १० महिना सम्म पक्राउ गर्न सकेको छैन । न त पीडितले क्षतिपूर्ति नै पाएका छन । यस्तो गम्भीर बिषयमा प्रहरीले चासो नदिदा पीडितहरु झन पीडामा परेका छन ।

घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख कमल थापाले ट्रक धनी विरगंज महानगरपालिका १३ का ५० वर्षिय मैया खत्रीलाई पटक पटक खोज तलास गर्दा पनि फेला नपरेको जानकारी दिए । उनका अनुसार ट्रक चालक पनि सोही महानगरपालिका ८ बस्ने ४५ वर्षिय हिरा राउत कुर्मी फरार रहेकोले क्षतिपूर्ति दिलाउन नसकेको स्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया