राजेन्द्र महतो, लहान । सिरहाको लहान नगरपालिका ९ खुट्टीपारी का ६५ वर्षीय कोरोना संक्रमित वृद्ध महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा शुक्रबार ११ बजे मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलले जानकारी दिए ।
कोशी अस्पताल विराटनगरमा विहिवार उपचार गराउन पुगेकी मृतकको कोरोना परीक्षणमा पोजेटिभ आएको थियो । करिब चार घण्टा भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा उनको मृत्यु भएको कोशी अस्पतालले जानकारी दिए । उनी दीर्घरोगी भएको र श्वासप्रश्वासमा समस्या रहेको आफ्न्तले जानकारी दिए ।
मृतकको शव नेपाली सेनाको टोलीले लहान ल्याउने प्रमुख जिल्ला अधिकारी कणेलले जानकारी दिए ।
यो संगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।









