उदयपुर । उदयपुरको कटारी नगरपालिका २ गरासका एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । सिरहाको मिर्चैयामा नेपाल बंगलादेश बैंकमा सुरक्षा गार्डको रुपमा काम गर्ने ४० पुरुषमा कोरोना देखिएको हो ।
६ दिन अघि मिर्चैयामा स्वाब दिएर घर आएका थिए । घर आएपनि होम क्वारेन्टाइनमा नबसी बजार बजार डुल्ने, मासु लिन जाँन आउने लगायतका काम गरेको स्थानीहरुले जानकारी दिए ।
गरासमा कोरोना संक्रमित पुष्टी भएसँगै त्यस गाउँलाई शुक्रबार ४ बजेबाट लागू हुने गरी शिल गरिएको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी)ले जानकारी दिए । उनका अनुसार उत्तरमा नाराङगे खोला, दक्षीणमा थापा टोल, पूर्वमा जंगल र पश्चिममा बस्नेत टोल शिल गरिएको बताए ।

तपाईको प्रतिक्रिया