उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा म्याद गुज्रेको एक आयुर्वेद औषधि पसल शुक्रबार अनुगमनको क्रममा शिल गरिएको छ । जिल्ला प्रशासन कार्यलय कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी शशिकुमार लम्सालको नेतृत्वमा गरिएको अनुगमनमा गाईघाट स्थित त्रियुगा माविको पुरानो भवनमा रहेको नमुना आयुर्वेद फार्मेसीलाई शिल गरेको हो ।
त्रियुगा नगरपालिका ३ मोतिगडाका स्थानीय कविराज गजमेरले किनेर लगेको हिम्कोसाइड र सुन्दरी कल्प नामक औषधिमा म्याद गुज्रेको थियो । गजमेरले पहिलो चोटी र दोस्रो चोटी लगेको दुबै औषधिमा म्याद गुज्रेको पक्ता लागेको छ ।
पहिलो चोटी लगेको महिलाले खाने सुन्दरी कल्प र दोस्रो पटक लगेको हिम्कोसिड दुवैमा पनि म्याद सकिएको गजमेरले बताए । गजमेरले छोरीले मिति हेर्दा मात्रै थाहा पाएको बताए । पछिल्लो समय लगेको हिम्कोसाइड भने उनले प्रयोग समेत गरिसकेका थिए ।
टोलीले म्याद सकिएको १० विभिन्न किसिमका औषधिहरुमा समेत म्याद गुज्रेको पाइएको थियो । टोनी लिभ, जनमघुटी, निरोगी, दिव्य चुर्न, धातु पोष्टी, लैक्स, त्रिपला चुर्ण, नारी अमृत लगायत औषधिको म्याद गुज्रेको पाइएको थियो ।
तीन वर्ष भित्रमा प्रयोग गर्ने गरी सन् २०१२ सेप्टेम्बरमा बनेको औषधि समेत फेला परेको थियो ।
म्याद गुज्रेका सम्पूर्ण औषधि समेत जफत गरेका छन् । जफत भएका औषधी र पसललाई अनुसन्धान गरी आवश्यक कार्वाही गर्ने जिल्ला प्रशासन कर्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी शशिकुमार लम्सालले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यलय, सगरमाथा अञ्चल आयुर्वेद औषधलय, खाद्य तथा गुण नियन्त्रण कार्यलय, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि नगर प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । पसल संचालक कविता कुमारी साहलाई आइतबार जिल्ला प्रशासन कार्यालय उदयपुरमा कागजपत्र सहित उपस्थित हुन अनुरोध गरेको छ। 
एउटै संचालक रहेका गाईघाट पोलिक्लिनिक तथा डायग्नोटिस सेन्टर प्रा.लि. पनि संचालन गर्दै गरेको छ । पोलिक्लिनिकले संचालनको लागि कहिबाट पनि अनुमति पाएको छैन् ।

तपाईको प्रतिक्रिया