राजेन्द्र महतो, लहान । सिरहाका पत्रकार बिनय यादव उपर भएको दुव्र्यहारको विषयमा छानबिन गर्न नेपाल पत्रकार महासंघ सिरहा शाखाले ५ सदस्यीय छानविन समिति गठन गरिएको छ । नेपाल पत्रकार महासंघ सिरहा शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै न्यूज ब्यूरोका पत्रकार विनय यादव उपर भएको दुव्र्यवहारको सन्दर्भमा छानबिनको लागि ५ सदस्यीय प्रतिवेदन समिति गठन गरेको हो ।
गत शनिबार बेलुकी करिब ७ः३० बजेको समयमा पत्रकार यादवलाई पुरानो समाचारलाई लिएर सिरहाको धनगढीमाई नगरपालिका १० मुसर्निया स्थित आरके मेडीसिटी हस्पिटलका कर्मचारीहरुले दुव्र्यवहार गरेको भन्दै छानबिनको लागि समिति गठन गरिएको छ ।
महासंघ सिरहाका उपाध्यक्ष रामबाबु यादवको संयोजकत्वमा गठन गरिएको ५ सदस्यीय समितिमा मनोज बनैता, शिव दयाल यादव, दुर्गा परियार, गणेश साह सदस्य रहेका छन् । नेपाल पत्रकार महासँघ सिरहाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताद्धारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार यादव उपर पुरानो रिसबीले भएको दुव्र्यहारको छानबिन गरी दोषी उपर कारवाही गर्न पहल गरिने बताइएको छ । यसअघि पत्रकार यादवले सर्वसाधारण जनताको स्वस्थ्य जस्तो संवेदनशील विषयमाथि चरम लापरबाही गर्दै काण्डै काण्ड गर्दै आएको समाचार लेखेका थिए ।

तपाईको प्रतिक्रिया