लहान । सिरहाको मिर्चैया नगरपालिका ४ कुथनमाका ६८ वर्षीय वृद्धको दाहसंस्कारपछि कोरोना संक्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरोबाट सिकिस्त ती वृद्धको बुधबार मृत्यु भएको थियो ।
सिकिस्त विरामी भएपछि उनको स्वाब मंगलबार संकलन गरेको थियो । स्वाब संकलनको रिपोर्ट आई नपुग्दै दीर्घरोगी वृद्ध गाउँमा डुलिरहेको बेला एक्कासी ढलेर मृत्यु भएको थियो । मृत्युपछि आफन्त र टोलवासीले तत्कालै हिन्दू परम्परा अनुसार घाटमा लगेर दाहसंस्कार गरे । वृद्धको दाहसंस्कारमा १ सय ५० भन्दा बढी मलामी गएका थिए ।
दाहसंस्कारपछि बेलुकी वृद्धको कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि मलामी गएकाहरु चिन्तित भएका छन् । घटनापछि गाउँवासी नै त्रसित भएका छन् ।
वृद्धको मलामी गएका तथा मृतकको परिवार जनमा कोरोना संक्रमित हुन सकिने आशांकामा कुथनमा गाँउ सिल गरेर आवत जावतमा रोक लगाईएको जिल्ला प्रशासन कार्यालय सिरहाको प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलले जानकारी दिए ।
मलामि गएका तथा गाँउलेहरुलाई सेफ क्वारेन्टाईन राखिएको छ भने पिसिआर टेस्टको तयारी भईरहेको प्रजिअ कणेलले जानकारी दिए ।
योसँगै सिरहामा कोरोनाले मृत्यु हुनेको को संख्या ३ पुगेको छ ।

तपाईको प्रतिक्रिया