उदयपुर । उदयपुरमा शिक्षक र नेपाल प्रहरीको जवानमा पनि कोरोना संक्रमण देखिएको छ । साउन ३२ गते १ सय ४० जनाको स्वाब संकलन गरेर पठाएकोमा ३ जनालाई संक्रमण पुष्टी भएको हो ।संक्रमित हुनेहरुमा एक ४२ वर्षिय शिक्षक, एक ३२ वर्षिय प्रहरी जवान र एक मालपोत कार्यालय उदयपुरको कर्मचारीको छिमेकी ११ वर्षिय बालिका रहेका छन् ।
संक्रमित शिक्षक त्रियुगा नगरपालिका ९ का भएपनि १० मा अध्ययापन गराउने हुन् । यस्तै यसअघि संक्रमित मालपोत कार्यालयका ४४ वर्षिय कर्मचारीको छिमेकी त्रियुगा नगरपालिका १० की ११ वर्षिय बालिका हुन् । दुई जना मालपोत कार्यालय उदयपुरको कर्मचारीको कन्ट्राक्ट ट्रेसिङमा आएकाहरु संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
यस्तै ३२ वर्षिय पुरुष इनरुवाबाट सरुवा भई उदयपुर आएर क्वारेन्टाइनमा बसेका प्रहरी जवान हुन् ।
उदयपुरमा ३१ महिला सहित ११० कोरोना संक्रमित पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
हालसम्म बेलका नगरपालिकामा ३२ जना, त्रियुगा नगरपालिकामा ६४ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा अहिले निशेधज्ञा जारी छ भने उदयपुरगढी गाउँपालिकाले पनि लकडाउन गरेको छ ।









