राजेन्द्र महतो, लहान । सिरहाको धनगढीमाई नगरपालिका–१३ भाल्टाबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेका छ्न।
जुवाको खालबाट नेपाली रुपैया तीन लाख ६३ हजार ६४०, भारु चार हजार ८१० र विभिन्न बैंकको हस्ताक्षर गरी राखिएको चार लाख ४८ हजार ३७३ को चेक सहित १२ जना पक्राउ परेको छ । 
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय मदनबहादुर राईको घरमा कौडा जुवा खेलिरेहको अवस्थामा नगद तथा हस्ताक्षर गरिएको चेकसहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताएका छन। पक्राउ पर्नेमा सिरहा, सप्तरी र धनुषाका रहेको प्रहरीले बताएका छ्न। पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।
जुवाको खालबाट १६ थान कौडा, तास ४ बुक र १४ थान मोबाइल पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता विनोद घिमिरेले जानकारी दिए । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भर्इरहेको प्रहरीले जनाएको छ ।









