राजेन्द्र महतो, लहान । सिरहाको अर्नामा गाउँपालिकामा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ भने ५ जना धाइते भएका छन।
मृत्यु हुनेमा अर्नामा गाउँपालिका ५ कृष्णपुर स्थित बेलदरी टोलकी ५४ वर्षिया सितादेवी राउत रहेकी छिन ।
टाउकोमा चोट लागेर अचेत भएकी राउतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाशंकर पंजियारले जनाएको छ ।
आरसीसी सडक ढलानको विषयमा विवादमा स्थानीय सिताराम राउत, वुधेश्वर राउत, बालदेव साह लगायतले सितादेवी राउतको घरमै पुगेर कुटपिट गरेको थियो । कुटपिटबाट विन्देश्वर देवी राउत, नागेन्द्र कुमार राउत, पूजा कुमारी देवी राउत, रोहित कुमर राउत घाईत लगायत पाँच जना धाइते भएको स्थानीयले बताएका छन् ।
शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ। यस्तै कुटपिटमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको एसपी पंजियारले बताए ।
घटना विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया