काठमाडौँ । युट्यूवमा अपलोड गरिएको र्याप जान्राको ‘देशद्रोही’ गीतको भिडियेमा राष्ट्रिय झन्डा जलाउने समूहका मुख्य अभियुक्त सहित ९ जनालाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मंगोल हप अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक ‘देशद्रोही’ गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्यलाई प्रस्तुत गरिएको थियो । सो समूहको मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग सहित ९ जना पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ परेका ९ जनालाई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
भदौ १ गते अपलोड गरिएको उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य आउँछ। भिडियो मकवानपुरको बागमति गाउँपालिका(३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ।









