लहान । सिरहामा प्रहरी नायव निरिक्षक (डिएसपी) सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख तथा डिएसपी सन्तुलाल जैसवाल सहित ४ जना प्रहरी र एक जना थुनुवा ,मिर्चैया नगरपालिका ४ का एक जना महिला सदस्य र बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
स्वास्थ्य कार्यालय सिरहा अनुसार कोरोना संक्रमित भएका डिएसपी जैसवालले भेटघाट बन्द गरि सतर्कता अपनाएर आफ्नै आवासमा बसेको जनाइएको छ। यससँगै सिरहामा कोरोना संक्रमितको संख्या २७४ पुगेको छ भने २०९ जना उपचार पछि घर फर्किसकेका छन।
त्यस्तै २ जनाको मृत्यु भएको र ६३ जना आइसोलेनमा उपचार गराई रहेको स्वास्थय कार्यालय सिरहाका प्रमुख कृष्ण देव यादवले जानकारी दिए ।









