राजेन्द्र महतो, लहान । सिरहामा मृत अबस्थामा एक जना पुरुषको लाश फेला परेको छ ।
प्रहरीले आइतबार सिरहा नगरपालिका १५ सुखचैनामा मिर्चैया नगरपालिका ९ रामपुराका उमेश कुमार महतो मृत अबस्थामा लास फेला पारेको हो।
महतोको सुखचैना स्थित बुधौरा कासघारीमा लाश फेला परेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान तथा छानबिन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी विनोद घिमिरेले जानकारी दिए ।









