काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा‍। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमति डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ५ सय ८० पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार ४ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर १० हजार ५ सय ६३ सक्रिय संक्रमित रहेका छन्।
यस्तै काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँ जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना नयाँ संक्रमित थपिएका छन्। सोमबार काठमाडौँ उपत्यकामा १७२ जना नयाँ संक्रमित थपिएका थिए।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन सातजनाको मृत्‍यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्‍या ११४ पुगेको छ।
स्वास्थ्‍य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार ब्रिफिङका क्रममा सो जानकारी दिएका हुन।
गौतमका अनुसार मृत्‍यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, कास्की र बाँकेका एक एकजना पुरुष र तनहु जिल्लाका एक महिला रहेका छन्।

तपाईको प्रतिक्रिया