उदयपुर । लकडाउन भएपश्चात उदयपुरमा अवैध गर्भपतन गराउनेको संख्या बढेको छ । अवैध गर्भपतन गराएको आरोपमा चौदण्डीगढी नगरपालिका ७ विपी चोक स्थित हिरा पोलिक्लिनिकका संचालिका ३६ वर्षिय हिरा चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार साँझ ८ बजे अवैध गर्भपतन गराएको गोप्य सूचानको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको हो ।
पक्राउ परेकालाई थप अनुसन्धान गरी कारबाही प्रकृयालाई अगाडी बढाउन इलाका प्रहरी कार्यालय बेल्टारलाई निर्देशन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भिमबहादुर दाहाले जानकारी दिए ।
हिरा पोलिक्लिनिकले धेरै वर्ष अगाडीदेखि नै अवैध गर्भपतन गराउँदै आएको स्थानीयहरुको आरोप छ ।
उदयपुरमा जिल्ला अस्पताल गाईघाट, कटारी अस्पताल, बेल्टार, रामपुर र देउरी स्वास्थ्य चौकीले मात्रै गर्भपतन गराउन मान्यता प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया