जनकपुरधाम । कोरोना संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०६ पुगेको छ।
प्रादेशिक अस्पताल जनकपुरधामको कोभिड १९ विषेश अस्पतालमा उपचाररत्त रहेका धनौजी गाउँपालिका वडा नम्बर ३ धनौजी कटैयाका ६५ वर्षीय पुरुषको आज मृत्यु भएको छ ।
श्वासप्रश्वास, रुघाखोकीबाट ग्रस्त रहेका संक्रमित पुरुषको मृत्यु भएको कोभिड १९ विशेष अस्पतालका प्रमुख डा। जामुनप्रसाद सिंहले बताए ।
मृतक साउन ३१ गते अस्पताल भर्ना भएका थिए । निमोनिया समेत रहेका सो पुरुषको मृत्यु भएसँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।









