उदयपुर । प्रदेश नं. १ सरकारले सूर्ति कारोबारमा रोक लगाएको छ । सूर्ति कारोबार गर्नेलाई कानून बमोजिम सजाय हुने व्यवस्था गरेको छ । अबैध रुपमा राजस्व छलि गरी माल सामान ओसार पसार गर्ने कार्यलाई निरुत्साहित गर्ने अभियान अन्तगर्त जिल्ला प्रहरी कार्यालय उदयपुरले दुई जनालाई पक्राउ गरी आन्तरिक राजश्व कार्यालय करदाता सेवा कार्यालय गाईघाटले अवैध सूर्ति कारोबारीबाट १ लाख १ हजार ५ सय ५५ रुपैया जरिवाना गराएको छ ।
अबैध रुपमा ओसार पसार हेतुले बेलका न.पा. ८ कोठुबाट त्रियुगा नगरपालिका ११ बस्ने सन्दिप साहको साथबाट १५ पोका सुर्ति बरामद गरेको छ ।
यस्तै त्रियुगा नगरपालिका १ हाटखोलाबाट त्रिनपा ११ बस्ने बैजु कुमार दासको साथबाट ४० पोका सुर्ति बरामद गरेको छ ।
बरामत सूर्ति र मानिस आवश्यक कार्बाहीको लागि करदाता सेवा कार्यालय गाईघाट पठाएकोमा उनीहरुबाट १ लाख १ हजार ५ सय ५५ रुपैया जरिवाना असुल उपर गरेर छोडिएको प्रहरीले जनाएको छ ।
अहिले गाईघाट, देउरी, जलजले, मोगितडा, मुर्कुची, बेल्टार, रामपुर, कटारी लगायतका बजारमा १५ रुपैया पर्ने सूर्तिको ३५ रुपैया, २० रुपैया पर्ने विडीको ४० रुपैया, चुरोटहरुमा कम्पनीले तोकेको मूल्य भन्दा ६० प्रतिशत बढीमा खुल्लम खुल्ला विक्री वितरण भईरहेको छ ।

 

तपाईको प्रतिक्रिया