उदयपुर । उदयपुरमा नदीजन्य पदार्थको अवैध उत्खन्न गरेको आरोपमा थप एक ट्याक्टर पक्राउ परेको छ । त्रियुगा नगरपालिका ११ स्थित बरुवा खोलामा रातको समयमा अवैध ढुंगा संकलन गरेको आरोपमा स १ त १९७४ नम्बरको ट्याक्टरलाई सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण उदयपुरको सक्रियतामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक सुधिर सुवेदीले जानकारी दिए । उनका अनुसार गैरकानूनी रुपमा नदीजन्य पदार्थ उत्खन्न गर्ने कसैलाई नछोडने बताए ।
यसअघि नेपाल प्रहरीले उदयपुरगढी गाउँपालिका ७ कोल्टेबाट ७ ट्याक्टर नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय त्रिवेणीलाई बुझाएको छ । यस्तै त्रियुगा, ठाडी र लुहाले खोलाबाट प्रहरीले पनि एक–एक वटा ट्याक्टर पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया