काठमाडौं । कोरोना संक्रमण फैलँदै गएपछि बिहीबारदेखि सवारी पास वितरण बन्द गर्ने गृह मन्त्रालयको निर्णय गरेको छ ।
बिहीबारदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अन्तरजिल्ला सवारी पास जारी गर्दै आएका थिए ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका र सक्रिय संक्रमित २ सय नाघेका जिल्लामा अतिआवश्यक बाहेक अन्तरजिल्ला आवागमन बन्द गरेको थियो । अति आवश्यक कामले सवारीसाधन लिएर अन्तरजिल्ला जानु परे जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिनु पर्दथ्यो।

तपाईको प्रतिक्रिया