राजेन्द्र महतो, लहान । सिरहाको धनगढीमाई नगरपालिका १४ बाट डिभिजन बन कार्यालय लहानले ठूलो परिमाणमा दुई ट्रयाक्टर अवैध सालको काठ सहित छ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा डिभिजन बन कार्यालय लहानबाट खटिएको टोलीले धनगढीमाई नगरपालिका १४ स्थित सोमबार राति चुरे जङ्गलबाट कटान गरी अवैध रूपमा ल्याउँदै गरेको ना.४ त. ८७२८ र स. १ त. ५२९७ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । चिरान गरेको ६९ थान काठ सहित धनगढीमाई नगरपालिका–१४ का समीर मगर र सोही ठाउँका कुमार तामाङ, ज्ञानकुमार मगर र नसिबलाल दास तथा गोलबजार नगरपालिका–६ का जितकुमार साह र शिवनाथ साहलाई पक्राउ गरेको हो ।

साथै उनीहरुको साथमा रहेको एक थान मोटरसाइकल पनि पक्राउ गरिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए ।
पक्राउ परेका ६ जना माथि आवश्यक अनुसन्धान भर्इरहेको डिभिजन बन कार्यालय लहानले जनाएको छ ।

तपाईको प्रतिक्रिया