राजेन्द्र महतो, लहान । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान स्थित ग्लोबल आइएमई बैङ्कको एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि स्थानीय प्रशासनले बैंक सिल गरेको छ ।
ग्लोबल आइएमइ बैङ्कका उक्त कर्मचारीलाई केही दिन अगाडि ज्वरो आएपछि उनी आफैं जनकपुर प्रादेशिक अस्पतालमा परिक्षणका लागि गएको थियो । उक्त परिक्षणको रिपोर्ट शनिबार पोजिटिभ आएपछि ती कर्मचारीलाई सोही अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।
ग्लोबल आइएमइको लहान शाखाको कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि शनिवार ४ः३० बजे नै उक्त बैङ्क सिल गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरिक्षक शरत थापा क्षेत्रीले जानकारी दिए । बैंकमा कार्यरत सँगैको कर्मचारीलाई संक्रमण देखिएपछि बैङ्कमा कार्यरत अन्य २२ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ।









