उदयपुर । बढ्दै गएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उदयपुरमा झन् कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम बढेको भन्दै नागरिकलाई घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन र सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ ।
माक्स नलाई अटेर गरेर काम विना घर बाहिर जादाँ–आउँदा मास्क नलगाई र भीडभाड गर्नेलाई संक्रमण रोग ऐन, २०२० बमोजिम जनही एक सय रुपैया जरिवाना तिराएर छोडेका छन् । गाईघाट बजारमा शुक्रबार ४२ जनालाई कारबाही गरेवापत चार हजार दुई सय जरिवाना जिल्ला प्रशासन कार्यालयले असुल गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए । कार्वाहीको प्रक्रिया निरन्तर चलिरहने प्रजिअ पाण्डेले बताए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भिमबहादुर दाहालले महामारीबाट बच्न–बचाउन सवैले सहयोग गर्नुपर्ने बताउँदै मास्क विना हिँडडुल गर्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमित रोग ऐन २०२० बमोजिम कडा कारबाही गरिने बताए ।
उदयपुरका सबै ईलाका प्रहरी कार्यालय र चौकीलाई पनि लकडाउन कडाइ गर्न र मास्क नलगाउनेलाई तुरुन्तै प्रकाउ गर्न निर्देशन दिएको छ । कोरोना भाइरस उदयपुरमा समुदायमै फैलि सकेको छ । उदयपुरमा अहिलेसम्म ८८ जनामा कोरोना संक्रमण देखिएको छ ।









