उदयपुर । उदयपुरमा लागूऔषध मुद्धामा फरार प्रतिवादी पक्राउ परेको छ । २०७१ बैशाख १३ गतेबाट फरार रहेका प्रतिवादी त्रियुगा नगरपालिका १२ बस्ने २८ वर्षिय शोभित चौधरी शुक्रबार पक्राउ परेको छ ।
उदयपुर जिल्ला अदालतले २ दिन कैद र दुई हजार जरिवाना तोकिएका प्रतिवादी विशेष सूचनाका आधारमा प्रहरीले निजकै घरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जनाएको छ ।
पक्राउ प्रतिवादीलाई फैसला कार्यान्वयनको लागि उदयपुर जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया