उदयपुर । उदयपुरमा आईतबार अन्दाजी १२ बजेको समयमा मिनी ट्रकको सापट भाँचिएर उछिटिएर लाग्दा एक पैदल यात्रुको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ६ लालपत्ताका स्थानीय ५५ वर्षिय सनमान कामीको उपचारको क्रममा मृत्यु भएको छ । गाईघाटबाट सिरहाको लहानतर्फ गईरहेको मिनी ट्रकको सापट भाचिन गई कामी लाग्दा गम्भिर घाइते भएका थिए । उनको उपचारको क्रममा सिरहाको लहान स्थित लहान नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी गोविन्द पुरीले जनाएको छ ।

मिनी ट्रक घटनास्थलमै रहेको मिनीट्रक चालक चौदण्डीगढी नगरपालिका ७ बस्ने बर्ष २४ को सुनिल बस्नेत प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया