उदयपुर । उदयपुर जिल्ला अदालतले फैसला गरी अभियुक्त प्रमाणित गरेर फरार रहेकाहरु धमाधम पक्राउ पर्न थालेका छन् । यस्तै फरार सूचीमा रहेका त्रियुगा नगरपालिका ६ का ३२ वर्षिय टंक बहादुर विश्वकर्मालाई विहिबार विहान करिव १० वर्षपछि पक्राउ परेको छ ।
जिल्ला अदालत उदयपुरले २०६७ कार्तिक १४ गते सवारी ज्यान मुद्धामा २० दिन कैद र दुई हजार जरिवाना तोकिएमा प्रतिवादी फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी गोविन्द पुरीले जानकारी दिए । फरार प्रतिवादी करिव १० वर्षपछि पक्राउ गर्न सफल भई आवश्यक कारबाहीको लागि अदालत पठाईएको प्रहरीले जनाएको छ ।









