उदयपुर । उदयपुरमा त्रियुगा नदीको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ९ गैहरुनका ६० वर्षिय मानन चौधरी रहेका छन् ।
त्रियुगा नगरपालिका ५ देउरीदेखि घर जानेक्रममा त्रियुगा नदीको बाढीले बगाउँदा उनको ज्यान गएको हो । उत्तरबारी टोल नजिक त्रियुगा नदी किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले बताए ।
घटना प्रकृति मुचुल्का पुरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बोक्से पठाईएको प्रहरीले जानकारी दिए ।
अहिले लगातारको वर्षाले उदयपुरका खोला नालाहरुको बहाव बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया