उदयपुर । त्रियुगा नगरपालिका ११ स्थित रहेको शनि मन्दिरको दान पेटिका चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बुधबार राति मन्दिरको दान पेटिका फोरी रकम चोरी गरेको थियो ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १२ बस्ने ईस्माईल मियाँ लगायत ३ जना चोरका गिरोहहरुलाई प्रकाउ गरी आवश्यक कार्वाही भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।









