उदयपुर । उदयपुरमा एक १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेको छ । उदयपुरगढी गाउँपालिका–५ हलुने भञ्ज्याङ बस्ने २४ वर्षीय छबिलाल श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ छ ।
ती बालिकालाई कुकुङ्टारबाट घर फर्किने क्रममा सोही ठाउँस्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी उदयपुरगढीबाट खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । यस बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया