उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका र वडा कार्यालय आइतबार र सोमबार सेवा बन्द हुने भएको छ । नगरपालिकाको पाँचौ नगर सभा अधिवेशनको बैंठक असार १० गते प्रारम्भ भई स्थगित भएकोमा सो अधिवेशन बैठक पुनः असार २१ र २२ गते संचालन हुने भएकोले विदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण विक्रम थापाद्वारा जारी सूचनामा जनाएको छ । सो दिन नगरपालिका र वडा कार्यालय बन्द रहने छ । 









