काठमाडौँ– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ४७ दिनका कोरोना संक्रमित शिशुको मृत्यु भएको छ।

मंगलबार कोरोना संक्रमण पुष्टि भएका ती शिशुको बुधबार राति मृत्यु भएको हो।

शिशुको सोमबार घाँटीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। शल्यक्रिया गर्नुअघि परीक्षणका लागि सोमबार राति उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।

उनीसहित नेपालमा ३१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया