उदयपुर । उदयपुरमा पानीमा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका १२ का ३८ वर्षिय सन्तोष भुजेल बरुवा खोलाको बाढीमा डुबेर मृत्यु भएको हो ।
लगातारको वर्षासँगै खोलानालामा बाढी बढ्दै गएको छ । सुस्तमनस्थितिका भुजेल पौडी खेल्न नसकेर बरुवा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी गोविन्द पुरीले जानकारी दिए । स्थानीयले बग्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना मुचुल्का तयार पारी पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया