उदयपुर । त्रियुगा नगर गानका रचनाकार लेखक सम्मानित भएका छन् । त्रियुगा नगरपालिकाको ५ औँ नगरसभाले खिला घिमिरेलाई सम्मानित गरेको हो । घिमिरेलाई नगरपालिकाले ५१ हजार १ सय ५१ रुपयाँको चेक सहित कदर पत्रले सम्मान गरेको हो । उत्कृष्ट नगर गान रचनाकारलाई सम्मान गर्ने नगरकार्यपालिकाको निणर्य अनुसार सम्मानित भएको हो ।
नगरको सम्पूर्ण भूभाग, जाति, भाषा, धर्म र संस्कृतिको समान्तरमा नगर गानको उत्कृष्ट रचना रहेको भन्दै नगरपालिकाले लेखक घिमिरेलाई उच्च कदर गर्दै सम्मान गरिएको प्रशंसा पत्रमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया