उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ स्थित बलान खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
बुधबार दिउँसो घर नजिकैको बलान खोलामा नुहाउने गएकी सिराहा जिल्ला स्थायी घर भई उदयपुरगढी–७ गणेश अधिकारीको घरमा बस्दै आएकी दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी नबिना खड्काको डुबेर ज्यान गएको हो ।
खोलामा नुहाउने क्रममा डुबेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोविन्द पुरीले जानकारी दिए । मृतकको पोष्टमार्टम गरी लाश परिवारको जिम्मा लगाईएको डिएसपी पुरीले जानकारी दिए ।









