उदयपुर । प्रहरी प्रधान कार्यालयको सरुवा सूचीमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) बीर बहादुर बुढा मगरसहित ३६ जना एसपीको सरुवा भएको छ । सोमबार बेलुका प्रधान प्रहरी कार्यालयले निकालेको सरुवा सूचीमा एसपी बुढामगर कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय, सुर्खेतमा सरुवा भएका छन् । भने उदयपुरमा १ नं. प्रदेश ट्रफिक प्रहरी कार्यालय इटहरी सुनसरीका भिम बहादुर दाहाल आउने हुनुभएको छ ।
प्रहरी प्रधान कार्यालयले असार महिनाको तलब भत्ता खाने गरी ३६ जना एसपीहरुको सरुवा गरेको हो ।
सरुवा सूची अनुसार मोरङ जिल्लामा सन्तोष खड्काको सरुवा भएको छ भने कास्की जिल्लामा जिबन श्रेष्ठलाई पठाइएको छ।
त्यस्तै कपिलबस्तुमा नवराज अधिकारी र बाँकेमा ओम रानाको सरुवा भएको छ। बाँकेमा सरुवा भएका राना बिबादास्पद एसपी हुन।
त्यस्तै पाल्पामा दिपक खरेल, सिरहामा उमाशंकर पन्जियार, तनहुँमा अरुण पौडेल, इलाममा नविनराज राई, भक्तपुरमा तारादेवी थापालगायतको सरुवा भएको छ।
सरुवा सूची अनुसार गोविन्द अधिकारी धनकुटा, जनकराज पाण्डेय डोटी, टीकाबहादुर केसी महोत्तरी, डम्बरबहादुर विक बुटवल ट्राफिक, दीपक रेग्मी पूर्वी नवलपरासी,  राजेन्द्रप्रसाद भट्ट सुर्खेत, सुरेन्द्रबहादुर गुरुङ गोरखा र संजीव शर्मा दास इटहरी ट्राफिक सरुवा भएका छन् ।

सरुवा भएका एसपीहरुको सूची 

तपाईको प्रतिक्रिया