उदयपुर । नेपाल कम्युनिष्ट पार्टी चौदण्डीगढी नगर कमिटीले नगरपालिका प्रति लगाएको आरोप कपोकल्पित, भ्राकक, आधारहिन, तथ्यहिन अपुष्ट भ्रमको खेती नगर्न मेयर खगेन्द्र राईले सोमबार पत्रकार सम्मेलनमा बताए ।
विकास निर्माणको कामलाई प्राथमिकतामा राख्दै जनताप्रति पूर्ण उत्तरदायी भई नीतिगत तथा आर्थिक नियम अनुसार पारदर्शी ढंगबाट काम कारवाही भएकोलाई कपोकल्पित, आधारहिन, तथ्यहिन ढंगबाट नगरबासीलाई दिगभ्रमित पार्ने खालको अनियमितताको आरोपलाई पुष्टी गर्न मेयर राईले चुनौति दिएका छन् ।
केही समयअघि नेकपा चौदण्डीगढी नगर समितिले तथ्यहिन टिका टिप्पणी र आरोप लगाएको भन्दै त्यस्तो भ्रममा नपर्न उहाँले नगरबासीलाई अनुरोध गर्नुभयो । मेयरले पत्रकार सम्मेलनमा नेकपा चौदण्डीगढी नगर कमिटीलाई भ्रमको खेती नगर्न पनि आग्रह गरेको छ ।
गएको जेष्ठ २७ मा नेकपा चौदण्डीगढीले नगर कमिटीका अध्यक्ष राजेन्द्र कुमार कटुवाल सहित ७ सदस्य संघर्ष समितिले अनियमितता र नितिगत भ्रष्टचार गरेको आरोप लगाउदै १६ बुदे आरोप पत्र जारी गरेको थियो । जसमा गिटिबालुवा ठेक्का, विकास योजना निर्माण, इन्धन, कर्मचारी नियुक्ती, क्रसर सञ्चालन, बजेट सिलिङ जस्ता कुरामा अनियमितता तथा नितिगत भ्रष्टाचार भएको आरोप लगाइएको थियो ।
कोरोनाजस्तो विश्व महामारीको संक्रमणबाट नगर र नगरबासीलाई जोगाउन अहोरात्र खटिरहेको अवस्थामा नगरपालिकालाई कमजोर पार्ने नियतले लगाइएको भ्रामक कार्यको निन्दा गर्दै यस्तो जटिल अवस्थामा विरोध हैन सहयोग गरेर नगर र नगरबासीको हितमा आउन आव्हान पनि गर्नुभयो ।
नगरपालिकाले गरेको विभिन्न कार्यक्रम र भौतिक निर्माण लगायतमा विषयमा १६ वुद्धे अपुष्ट आरोपहरु मध्ये नदिजन्य पर्दाथहरुको उत्खनन कार्यमा लकडाउनले गर्दा नगरपालिकाले अनुगमन गर्न नसकेकोमा केही कमजोरी भएको स्वीकार गर्दै गिटी बालुवाको ठेक्का सम्बन्धमा समग्रहमा नपाले ठेक्का सम्झौताको भन्दा २५ हजार घन मिटर कम ठेक्केदार कम्पनीले उत्खन्न गरेको मेयरले पत्रकार सम्मेलनमा बताए । मेयरका अनुसार ठेक्केदार कम्पनीले १ लाख १६ हजार घनमिटर उत्खन्न गर्न पाउने भएपनि ९१ हजार घनमिटर मात्र संकलन गरेकोले ठेक्का म्याद सकिएकोले अव उपरान्त उत्खन्न गर्न नपाउने बताए ।
मेयरका अनुसार ठेक्का लागेको भन्दा बढी परिणाम नदीजन्य पदार्थ उत्खन्न गरेको, मापदण्ड विपरित उत्खन्न गरेको आरोप सरासर गलत भएको बताए ।
यस्तै सशस्त्र प्रहरी बेस क्याम्प भवन निर्माण, डम्पिङ साइड निर्माण, कबड हल निर्माण जस्ता कार्यमा गुणस्तरहिन सामग्री प्रयोग र आर्थिक अनियमितता जस्ता आरोप पुष्टी हुने कुनै आधार नरहेको मेयर राईले बताए । ‘आर्थिक वर्ष २०७५÷७६ मै सम्पन्न भई महालेखा परीक्षक कार्यालय काठमाडौले अडिट गरि पास भईसकेको अवस्थालाई नगरबासीलाई दिगभ्रमित पार्न अनियमितताको आरोप लगाउनु कहाँको न्यायसंगत हो ।’, मेयर राईले भने, ‘केही विकास निर्माणको काममा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादीका मुख्य जिम्मेबारी व्यक्तिहरु नै उपभोक्ता समितिका अध्यक्ष र सचिव जस्ता पदमा बसी नगरपालिकाबाट फारफर्छौट गरी रकम निकासा गरिसकेर पनि तिर्न बाँकी रहेका पसललाई पैसा नतिरेको अवस्था छ ।’ अहिले समितिका पदाधिकारीहरुले नगरपालिकालाई देखाउने गरेको र नगरपालिकाले पैसा निकासी दिएन भन्दै कुप्रचारबाजी गरेको प्रति घोर आपति रहेको मेयरले बताए ।
संसदिय विकास कोषको ३० लाख रकमलाई जोडेर नगरपालिकाले आर्थिक अनियमितता गर्यो भनेर भन्नु कहाँको ज्याज हो ? मेयरले प्रश्न गरे । संसदिय विकास कोषको रकम नगरको क्षेत्राधिकार बाहिरको कुरा हो, यसको ठेक्का तथा समिति निर्माण कार्य, अनुमगन तथा भुप्तानी पूर्वाधार विकास कार्यालय गाईघाटले गर्ने हो तर नगरसँग जोडेर तथ्यहिन कुरालाई मेयरको बदनाम गर्न खोजेको आरोप लगाए ।
स्वास्थ्य जस्तो सम्वेदनशिल कुरामा समेत अनियमितता भनेको प्रति नगरपालिका अत्यन्तै मर्माहत भएको छ । दिर्घरोगीले पाउँदै आएको रकममा कहि कत्तै आफुखुशी न बाँडेको, वडा कार्यालयकै सिफारिसमा वितरण गरेको बताए ।
सिवाईमा अवस्थित बालुवा प्रशोधन केन्द्रलाई वडा कार्यालयले नै सवै प्रक्रिया सकेर घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी मात्रै नगर कार्यापालिकाको निर्णय बमोजिम अनुमति दिइएको हो । त्यसको पहिलो दोसी नगर हुने हो कि वडा कार्यालय ?
स्थानीय सरकार सञ्चालन ऐन र अन्य प्रचलित ऐन नियमभन्दा बाहिर काम गर्न नहुनेमा सचेत रहेको भन्दै नेकपा नगर कमिटीले पालिकामाथि लगाएको आरोप जस्तो अनियमितता र अपारदर्शी नरहेको बताए ।
मेयरले नगरपालिकाले सञ्चालन गरेका हरेक क्रियाकलापहरु सम्बन्धति वडाको सिफारिसमा गर्ने गरेको र प्रचलित ऐन नियमको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरणको हिसावले गर्ने गरेको बताए ।
नगरक्षेत्र र नगरबासीको हितमा विकास, निर्माणदेखि सामाजिक सुरक्षा, आर्थिक सहयोगसम्मको काम पारदरर्शी र प्रभावकारीढंगले गरेको मेयरले बताए । कोरोना जस्तो महामारी विरुद्धसमेत सशक्त र सफलरुपमा लडिरहेको भन्दै आगामी दिनका लागि सोही ढंगले लाग्ने बताए ।
नगरबासीहरुको आर्थिक विकासप्रति संवेदनशील भई नागरिकहरुको जीवनस्तर सुदृढ गर्ने काममा दत्तचित्त र इमान्दार भई नगरपालिका परिवार लागि परेको भन्दै पालिकाको स्थापना कालदेखि नै प्रजातान्त्रिक व्यवहार, सुशासन र सदाचारमा सदैव लागिरहेको र आगामी दिनमा सञ्चालन हुने सबै कार्यक्रमहरु, योजनाहरु समेत सोही अनुसार गरिने मेयर राईले बताउनुभयो ।
जिल्लाका क्रियासिल पत्रकारहरुको उपस्थिति रहेको पत्रकार सम्मेलनमा पालिकाका प्रवक्ता रामकुमार खड्काले नगरपालिकालाई निराधार रुपमा लगाइएको आरोप र त्यसको वास्तविकता बुद्धागतरुपमा प्रष्ट्याउनु भएको थियो । १६ वटा बुँदासहितको जानकारी पत्र पत्रकार सम्मेलनमा वितरण गरिएको थियो ।













