उदयपुर । पूर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहले ट्वीट गर्दै हाम्रो सार्वभौमता प्रति कुदृष्टि राख्नेलाई दह्रो जवाफ दिनबाट हामी कदापी चुक्नु हुन्न भनेका छन् । उहाँले ट्वीटमा ‘संकटको यस घडीमा सरकारको कार्यशैली र जन उत्तरदायित्त्वप्रति आम जनताको बिमती त छ नै तर राष्ट्रियताको मामिलामा हामीलाई आँखा उठाएर हेर्ने र हाम्रो सार्वभौमसत्ता प्रति कुदृष्टि राख्नेलाई सबैले एकजुट भएर दह्रो जवाफ दिनबाट हामी कदापी चुक्नुहुन्न।’
उहाँले नेपाल रहेमात्र हामी नेपाली रहौंला समेत ट्वीटमा लेखेका छन् ।

आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।
संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको छ । विधेयकमा सबै राजनीतिक दलहरुले समर्थन जनाएका छन् ।

तपाईको प्रतिक्रिया