काठमाडौँ । नेपालमा कोरोना संक्रमतिको संख्यामा नयाँ रेकर्ड काएमा भएको छ । शुक्रबार थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएर नयाँ रेकर्ड कायम भएको हो । तीमध्ये ४२४ जना पुरुष र २४ जना महिला छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ३, झापाका १३, महोत्तरीका १६, चितवनका ८, धादिङका ३४, सप्तरीका १७, उदयपुरका ३, सिराहाका ११, इलामका १, सुनसरीका १०, पर्वतका १३, स्याङजाका २२, नवलपरासीका ७, तनहुँका १, बर्दियाका १५, बाँकेका १, धनुषाका १५, सर्लाहीका ५२, कपिलवस्तुका ४, दाङका ८, दैलेखका ३८, सुर्खेतका ४५, अर्घाखाँचीका २, गुल्मीका १, पाल्पाका १, प्युठानका २, रुपन्देहीका १६, बाराका १, नुवाकोटका १, रौतहटका ८६ र काठमाडौँका १ जना संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ। तीमध्य ४७०९ पुरुष र ३५३ महिला छन्।
हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।









